Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १३४३ जनामा कोरोना संक्रमण


  • बिहिबार, मंसिर १८ २०७७

  • थप १३४३ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

    हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij