काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट तानाशाही प्रवृत्ति विरुद्धको आन्दोलन जारी रहेने बताएका छन । तनहुँमा पुल उद्घाटन पछि पौडेलले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक हिजो तनहुँमा घटना घटाउने दोषीमाथि कारवाहीको माग समेत गरेका छन । पौडेलले सामाजिक सञ्जालमा लेखेका छन -‘सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो ।
घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ ।
आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ ।
पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
तर, लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता , नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
