Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चको आदेश सिद्धबाबालाई थुनामा राख्नु


  • आइतबार, मंसिर १४ २०७७

  • सर्वोच्चको आदेश सिद्धबाबालाई थुनामा राख्नु

    काठमाडौं – सर्वोच्च अदालतले बलात्कारको आरोप लागेका कृष्‍णदास गिरी ‘सिद्धबाबा’लाई थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

    २०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

    सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो । सिद्धबाबामाथि आफ्नै आश्रममा एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij