Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा मोटरसाइल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु


  • आइतबार, मंसिर ७ २०७७

  • रौतहटमा मोटरसाइल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

    रौतहट – रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।

    जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij