Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रिपरिषदबाट बलात्कारविरुद्धको कानुन कडा पार्न अध्यादेश पारित


  • आइतबार, मंसिर ७ २०७७

  • मन्त्रिपरिषदबाट   बलात्कारविरुद्धको कानुन कडा पार्न अध्यादेश पारित

    काठमाडौं – बलात्कारविरुद्धको कानुन थप कडा बन्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरको एक मन्त्रीले जानकारी दिए ।
    आइतबारको बैठकबाट पारित उक्त अध्यादेश आइतबारै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको बुझिएको छ ।
    केही दिन पहिला कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।
    मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था छ ।
    त्यस्तै १४ माथि र १६ मनिकालाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ । १६ देखि १८ सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ । त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ । बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij