काठमाडौं – सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसदका रुपया काम गर्न र मन्त्री बन्न वाटो खोलिदिएको छ । सर्बोच्चको फैसला पछि गौतमले यो विषय पद र प्रतिष्ठाका लागी नभएको प्रष्ट पारेका छन ।
एक प्रेस नोट जारी गर्दै गौतमले आफु पार्टी भित्र विधि र पद्धति स्थापित गर्न लागेको वेला प्रत्येक विषयलाई पद र प्रतिष्ठासंग गाँसेर विधि र पद्धतिलाई विषायन्तर गर्न केहि व्यक्तिहरु क्रियाशिल भएको बताएका छन । गौतमले सवैधानिक सर्वोच्चता र विधि तथा पद्धतिको पक्षमा लाग्ने प्रण समेत गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
