काठमाडौं– भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन्।
भेटका क्रममा उनले नेपाल– भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले बताए।
गोयल इन्डियन एयरफोर्सको जहाजबाट आएका थिए। बिहीबार बिहान १० बजेतिर चार्टर्ड विमान दिल्लीतर्फ फर्किसकेको छ।
बिहीबार दिउँसो काठमाडौं आएका गोयलले अरू नेताहरूसँग भने भेटेको पुष्टि भएको छैन।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
