Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा


  • बुधबार, असोज २८ २०७७

  • हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा

    सर्लाही – दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ।
    प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्।
    गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल–टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो।
    त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्।
    बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेका छन्।
    मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन्। उनीहरूले घटनामा संलग्न नभएका मानिसलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij