काठमाडौं– कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्। काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन्। कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठहरूमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।
अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भीड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन। तर अधिकांश मन्दिरहरू कात्तिक १ गतेदेखि सीमित रूपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
