Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दैलेखमा विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद


  • सोमबार, असोज १९ २०७७

  • दैलेखमा  विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद

    सुर्खेत – दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक यवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ । अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनकाअनुसार विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

    विष्टले गत भदौ २६ गते भैरबी गाउँपालिका-२ रावतकोटका सोविन थापाका आगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ ।

    अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ । अदालतले न्याय दिएको छ,’ थापाले भने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij