काठमाडौं– प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।
यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।
विपक्षी दलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानीका विषयमा विपक्षी सांसदहरु पनि विभाजित थिए । प्रदेश सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव अनुसार दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने रहेको छ ।
राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
