Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुबाट ७ किलो अफिमसहित दुई जना पक्राउ


  • बुधबार, असोज १४ २०७७

  • कपिलवस्तुबाट ७ किलो अफिमसहित दुई जना पक्राउ

    बुटवल- साढे ७ किलो अफिमसहित कपिलवस्तुबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाइन्टबाट एक महिला र एक जना पुरुष अटो चालकलाई अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ वर्षकी सीता रोकालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरी सो परिमाणको अफिम भेटिएको हो । रोकासँगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० वर्षीय सुशील क्षेत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij