Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाली कम्पनीले कोरोना भ्याक्सीनको परिक्षण नेपालमा गर्ने


  • आइतबार, असोज ११ २०७७

  • अस्ट्रेलियाली कम्पनीले कोरोना भ्याक्सीनको परिक्षण नेपालमा गर्ने

    अस्ट्रेलियाको औषधी निमार्ण कम्पनी भ्याक्सीनले कोरोनाको रोकथामका लागि निमार्ण गरेको कोभाक्स १९ नामक खोपको तेस्रो चरणको परीक्षण नेपालमा गने प्रकृया अगाडि बढाएका छन ।
    यदि नेपाल र अस्ट्रेलियाको भ्याक्सीन कम्पनी बिच सहमती भएमा नेपालमा कोभ्याक्सको तेस्रो चरणको परीक्षण सन् २०२० को अन्तसम्ममा गरिने सो कम्पनीले प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।
    अस्ट्रेलियाको संघिय सरकारले अस्ट्रेलियाली कोभिड १९ खोपको ’अनुसन्धान र विकास’ लाई सहयोग पु¥याउने प्रयासमा सो कम्पनीलाई १० लाख डलर अनुदान स्वरूप दिने भएको छ ।
    साउथ अस्ट्रेलियामा रहेको भ्याक्सिन कम्पनीका प्रमुख तथा अनुसन्धान निर्देशक बैज्ञानिक निकोलाई पेत्रोेभस्कीले कोभ्याक्स १९ खोप निमार्णको नेतृत्व
    संहालेका छन ।
    पेत्रोेभस्कीलेले कोरोनाको उच्चतम बृद्धीभइरहेको देशमा तेस्रो चरणको अध्ययन गर्नु जरुरी भएकोले नेपालको निकायसँंग यस विषयमा छलफल अगाडिब ढाइएको हो । उनले एसिया, मध्य पूर्व अनि मध्य तथा दक्षिणी अमेरिकाका मुलुकहरूसँग परीक्षणको सम्भाव्यता बारे छलफल पनि भैरहेको बताए ।
    “त्यस्ता परीक्षणहरू गर्न धेरै प्रयास र प्रतिबद्धता चाहिन्छ, र नेपालका हाम्रा सहयोगीहरूले हाम्रो कोभाक्स १९ खोपको बारेमा ठुलो उत्साह देखाएका छन्।“
    “हाम्रो सफल परीक्षणको महत्वपुर्ण पाटोको रुपमा रहेको तेस्रो चरणमा नेपालसँंग सहकार्य गर्न हामी तयार छौ र नेपाली सम्वन्धित निकायले पनि हामीलाई आफ्नो क्षमताको विश्वस्तता देखाएका छन्,“ फ्लिन्डर्स विश्वविद्यालय स्थित मेडिसिन तथा पब्लिक हेल्थ कलेजका प्राफेसर प्राध्यापक पेत्रोेभस्कीले बताए ।
    नेपालको राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रले समेत यस विषयमा अस्ट्रेलियाली अनुसन्धानकर्तासँग वार्ता चलिरहेको जनाएको छ ।
    “हामीले निकोलाई पेत्रोभस्कीसँग प्रारम्भिक चरणको वार्ता गरेका छौँ, र हामी आशावादी छौँ कि चाँडै नै परीक्षणको क्रममा प्रगति हुनेछ,“ केन्द्रका एक पदाधिकारीले बताए ।
    प्रोफेसर पेत्रोेभस्कीले खोपका लागि उनको टोलीले गरेको अनुसन्धान र विकास बजारमा चर्चा भएका अन्य उत्पादनहरू भन्दा फरक र अलग भएको दाबी गरेका छन । आफ्नो उत्पादन विश्वको सबैभन्दा वञ्चित देशहरूमा उपलब्ध गराउन इच्छुक रहेको कारण पनि यसको परिक्षण महत्वपुर्ण भएको पेत्रोभस्कीले बताएका छन । उनले आफ्नो नया एन्टी कोरोना भयाक्सीन कोभ्याक्स प्रोटिनमा आधारित भएको कारण सुरक्षित रहेको दाबी गरेका छन । खोप निर्माणको विधिका सुरक्षीत पाटोको रुपमा रहेको चिनीमा आधारित “एड्भ्याक्स“ सहायक प्रविधिसँग जोडिएको “सिंथेटिक स्पाइक प्रोटिन“ हो, जसलाई कम्पनीले एन्टिबडी र टी सेलको प्रतिक्रिया बढाउन प्रयोग गरिने भनेको छ। पहिलो र दोस्रो चरण पार गरेको यो खोपको तेस्रो चरणको परीक्षण सफल भएमा खोप अनुमोदित हुने छ ।
    अस्ट्रेलियाली प्राध्यापक पेत्राोभस्की भने आफूहरूले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षण सन् २०२० को अन्त्यसम्ममा सुरु भई सक्ने बारे आसावादी देखिएका छन । क्लिनिकल परीक्षण भन्दा अगाडीका चरणहरू पार गरिसकेपछि, खोपहरूको धेरै चरणहरूमा क्लिनिकल परीक्षण गरिन्छ।
    पहिलो चरणमा उत्पादन गरिएको देशमा थोरै स्वास्थ स्वयंसेवकहरू माझ परिक्षण हुन्छ भने दोस्रो चरणमा पनि केहि बृहत मात्रामा स्वयसेंवकहरु माझ परिक्षण गरिन्छ । त्यसको सफलतापछि मात्र तेस्रो चरणको परिक्षण ठुलो संख्यामा गरिन्छ । खोपको व्यापक प्रयोग हुनु अघि अनुमोदन आवश्यक हुन्छ जसका लागि तेस्रो चरणको परीक्षणमा ठुलो संख्यामा सहभागी भएको हुनुपर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij