Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजकर्णिकारको नेतृत्वमा मिडिया एलाइन्स नेपाल गठन


  • बुधबार, असोज ७ २०७७

  • राजकर्णिकारको नेतृत्वमा मिडिया एलाइन्स नेपाल  गठन

    काठमाडौं – सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ  । एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहेका छन् । इमेज च्यानल प्रालिका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषध्यक्ष रहेका छन् ।

    सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा.विजय शर्मा, प्राइम टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली रहेका छन् । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहेका छन् ।

    एलायन्सको तदर्थ समितिका अध्यक्ष भाष्करराज राजकर्णिकारले १२०० करोडको विज्ञापन बजारलाई २५ सय करोड रुपैयाँको बनाउने लक्ष्यका साथ एलाइन्स स्थापना गरेको बताए । सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको भन्दै उनले एउटै अनुमति पत्रमा निजी क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने धारणा राखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij