Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १३५६ जनामा कोरोना संक्रमण


  • मंगलबार, असोज ६ २०७७

  • थप १३५६ जनामा कोरोना संक्रमण

    काठमाडौं – बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए ।

    उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

    यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतककाे कुल संख्या ४२९ पुगेको गौतमले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij