Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असोज ८ गते सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक हुने


  • शुक्रबार, असोज २ २०७७

  • असोज ८ गते सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक  हुने

    काठमाडौं – सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते (२४ सेप्टेम्बरमा) हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ ।
    सांघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरुले पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुले लेखेको छ ।
    सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij