काठमाडौं – पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
