काठमाडौं – दुई सातादेखि कडा निषेधाज्ञा पछि काठमाडौं उपत्यका भित्र भाद्र १७ गते पछि भने केहि खुकुलो हुने सम्भावना देखिएको छ । आज काठमाडौं का प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायण प्रसाद भट्ट र भक्तपुरी हुमकला पाण्डे विच भएको भर्चुअल बैठकले दुई विकल्प गृह मन्त्रालयलाई सुझाउने निर्णय गरेका छन ।
अहिलेकै निषेधाज्ञा लाई निरन्तरता दिने वा केहि खुकुलो बनाउनेवारे अन्तिम निर्णय गृह मन्त्रालयले गर्ने छ । तीन जिल्लाका सिडियोले निर्माण सेवा संग सम्बधित सेवा, भन्सार ,होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने वारे छलफल भएको छ । उपत्यकामा कोरोना संक्रमणको दर वृद्धि भए पनि निषेधाज्ञा खुकुलो बनाउन दवाव वढ्दै गएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
