कालिकोट – कालिकोटमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तिलागुफा नगरपालिका १ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्।
स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो।
पहिरोमा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकाहरूको उपचार जुम्लामा भइरहेको छ। बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
