Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने स्वास्थ्य मन्त्रालयको निर्णय


  • शनिबार, भाद्र १३ २०७७

  • स्थानीय तहमा तत्काल अस्पताल खोल्ने   स्वास्थ्य मन्त्रालयको निर्णय

    काठमाडौं – स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ ।

    अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।
    यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij