Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब डिशहोमले ग्राहकलाई १० दिन क्रेडिट दिने


  • मंगलबार, भाद्र ९ २०७७

  • अब डिशहोमले ग्राहकलाई १० दिन क्रेडिट दिने

    काठमाडौं – डिशहोमले आफ्ना ग्राहकलाई दिने क्रेडिट समय थप गरेको छ। यसअघि पाँच दिनमात्र दिंदै आएको यस्तो सुविधा अब १० दिन पाइने कम्पनीले जानकारी दिएको छ।

    यो सुविधामा ग्राहकहरुले रिचार्ज सकिएको १० दिनसम्म सेवा प्रयोग गर्न पाउनेछन्। यसरी सेवा प्रयोग गरेको १० दिन भने फेरि रिचार्ज गर्दा अवधि मिलान गरिने कम्पनीले जानकारी दिएको छ।

    यो सेवा खुलाउनका लागि मोबाइलबाट म्यासेज पठाउनुपर्ने हुन्छ। CREDIT CustomerID टाइप गरी ३२५०० मा पठाउनुपर्ने छ। म्यासेज पठाएपछि १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमै आउने छ। ९८०१११२२३३ मा मिस्डकल गरेर पनि यस्तो सुविधा लिन सकिने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij