काठमाडौं- सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन। सोमबार बसेको सीडीएससीको संचालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । समितिले आचार्य, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस गरेको थियो। नेप्सेको सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो। आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्।
सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । सिडिएससीले गएको असार १६ गते सीईओको लागि आवेदन माग गरेको थियो। त्यसमा सात जनाको आवेदन परेको थियो। नेप्सेले उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
