Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोक पहिरो अपडेट : ३८ जना बेपत्ता, ३७ घर पुरियो, पाँच घाइतेको उद्धार


  • शुक्रबार, साउन ३० २०७७

  • सिन्धुपाल्चोक पहिरो अपडेट :  ३८ जना बेपत्ता, ३७ घर पुरियो, पाँच घाइतेको उद्धार

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाले जनाएको छ ।

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल पुगेको छ ।

    कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्दार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij