Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ब्राउन सुगरसहित ६ जना पक्राउ


  • आइतबार, साउन २५ २०७७

  • ब्राउन सुगरसहित ६ जना पक्राउ

    जनकपुरधाम – सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित आइतबार ६ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर ६ दोहटियास्थित पाण्डव गुप्ताको घरमा लुकाएर राखिएका अवस्थामा १ ग्राम २ मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

    गुप्ताले बिक्रीका लागि आफ्नै घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले २८ वर्षीय गुप्तासहित ६ जनालाई पक्राउ गरेको घिमिरेले बताए ।

    पक्राउ पर्ने अन्यमा गोलबजार ६ कै २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, १९ वर्षीय शिरिल महरा, वडा नम्बर ४ का २० वर्षीय सैफली खान र वडा नम्बर ५ का १९ वर्षीय विवेक श्रेष्ठ छन् ।

    पक्राउ परेका मध्ये पाँच जजना युवक भने लागूऔषध ओसारपसार तथा सेवन गर्नेहरु रहेको बताउँदै प्रहरी प्रवक्ता घिमिरेले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij