Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ हुने


  • शुक्रबार, साउन २३ २०७७

  • उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ हुने

    काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भएको छ ।
    शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठकले कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरेको हो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताइन्­ ।
    सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्– ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij