Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


  • शुक्रबार, साउन १६ २०७७

  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं– पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
    उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।
    त्यसपछि स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनमा निमोनियाको समस्या रहेको थियो ।
    अहिले मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।
    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij