Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुई ट्रक एकापसमा ठोक्किँदा एउटा ट्रक त्रिशूली नदीमा खस्यो


  • बिहिबार, साउन १५ २०७७

  • दुई ट्रक एकापसमा ठोक्किँदा एउटा ट्रक त्रिशूली नदीमा खस्यो

    चितवन — बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खोलानजिक भएको दुर्घटनामा नदीमा खसेको ट्रकका चालक सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भएका ट्रकका चालक ३५ वर्षीय राजेन्द्र बस्नेतले भने हाम फालेर ज्यान जोगाएका छन् । उनलाई सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    प्रहरीका अनुसार बिहान साढे आठ बजे विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ८९८७ नम्बरको भाटभटेनी सुपरमार्केटको सामान बोक्ने ट्रक र काठमाडौंबाट हेटौंडा जान मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा ठक्कर खाएका थिए । ठक्कर खाएपछि भाटभटेनीको ट्रक नदीमा खसेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij