काठमाडौं – देशैभर बुधबार कोरोना भाइरसका २१० जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बुधबार १५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
