Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा


  • शुक्रबार, साउन ९ २०७७

  • भोलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

    वीरगञ्ज – वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
    संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
    वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाइएको छ ।
    निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ ।
    पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले क्वारेन्टिन, आइसोलेनसमा सबैलाई राखेर सम्भव नहुने निष्कर्ष बैठकले निकालेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुको घरमा होम क्वारेन्टिन सम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णय समेत बैठकले गरेको छ । तर त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने शर्त राखिएको छ ।

    ‘संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने । उद्योग प्रतिष्ठानलाई सिल गर्ने उनीहरुलाई त्यहीँ आइसोलेटेड गर्ने,’ उनले भने, ‘त्यसको निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने भन्ने निर्णय भएको छ ।’
    ‘भारतबाट पूर्ण रुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij