Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारको आन्दोलनमा कांग्रेसको समर्थन


  • सोमबार, साउन ५ २०७७

  • पत्रकारको आन्दोलनमा कांग्रेसको समर्थन
    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरस ले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग छलफल सम्पन्न गरेको छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुईहजार भन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सातसय भन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताउनुभयो । उहाँले कोरोना महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
    नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक तथा डा.प्रकाशशरण महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताउनुभयो । उहाँले पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताउनुभयो । उहाँले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिनुभयो । साथै उहाँले पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
    महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताउनुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारीले कोरोना विपदको यस घडिमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निश्काशन गर्नु अत्यन्तै अमानविय घटना भएको बताउनुभयो । उहाँले संचार जगतले प्रतिपक्षको भन्दा ठुलो भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रमा संकट आउनुले प्रजातन्त्रमै खतरा भएको बताउनुभयो । त्यसैगरी कांग्रेसका नेता एनपी साउदले अहिलेको परिस्थितीमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिदै कांग्रेस सधै पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । साउदले कोरोना प्रभावित क्षेत्र तथा समुदायसंग साथ र सहयोगका लागि उक्त समितिको स्थापाना गरिएको बताउनुभयो ।
    यस्तै अर्का सदस्य तथा नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले यो अनुगमन समितिले कोरोनाबाट प्रभावित विभिन्न क्षेत्र तथा समुदायसंग छलफल गरिरहेको भन्दै पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुभयो ।
    त्यस्तै अर्की सदस्य तथा डा.माधवी भट्टले सरकारले आफुमाथि बिरोध बन्द गर्ने मनसायका कारण पत्रकारका समस्याप्रति सरकार मौन रहेको बताउनुभयो ।
    नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि कोरोनाका कारण यो पोशामा गम्भीर संकट देखिएको बताउनुभयो । उहाँले केही संचारगृहले पत्रकारलाई पेशाबाट बञ्चिर गरेको भन्दै पत्रकारको रोजिरोटिका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । उहाँले कोरोना भाइरस महामारीका अवस्थामा राज्यले पत्रकार तथा संचार क्षेत्रका संरक्षणका लागि कुनै पहल नगरेको भन्दै दुख व्यक्त गर्नुभयो ।
    नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगता ठुलो धन राशि जोड्न सफल भएको भन्दै कोरोनाको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखत रहेको बताउनुभयो ।
    उहाँले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताउनुभयो ।नेपाल पत्रकार महासंघ, उपत्यका समितिका महासचिव श्रीजन झाले कोरोना भाइरसको महामारीका कारण पत्रकारहरु चौतफी मारमा परेको बताउदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
    फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले कोरोनाको बाहानामा विभिन्न संचारगृहबाट दश जना भन्दा बढि पत्रकारलाई जागिरबाट निश्काशन गरिएको बताउनुभयो । पत्रकारको हितमा लड्दा आफुलाई समेत उपत्यका बाहिर सरुवा गरिएको बताउनुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij