Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल-सहमहामन्त्री डा. महत


  • शनिबार, असार २७ २०७७

  • कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल-सहमहामन्त्री डा. महत

    काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।   नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।

    सो कार्यक्रममा बोल्दै डा महतले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको बताए । उनले सरकारको असंबेदनशीताका कारण परिस्थिति झन भयावह हुन लागेको बताए । अहिलेको गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौटी गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

    ‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ, त्यसमा महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यवसायी, रोजगारदाता सबैले आ–आफनो क्षेत्रबाट दायित्व बहन गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पञ्छिन खोजको उनले बताए  ।

    ‘सरकार यतिसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री तथा सरोकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत जान सकेका छैनन ।’ नेपाली काँग्रेसले गठन गरेको कोरोना संक्रमण तथा रोकथाम अनुगमनको संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो ।

    यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’ संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे । ‘लकडाउनको बेला सरकार आफू कसरी टिक्ने भनेर अनेक राजनीतिक तिकडममा लागेको र  सरकार ढाल्न खोज्नेहरु पनि सरकारले काम गर्न नसकेकोमा बिरोधमा उत्रिएको नभइ आफूले खान नपाएर सरकार ढाल्न तम्सिएको देखिन्छ ।’ सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना संक्रमणको बेला पत्रकारहरुको रोजीरोटी खोस्ने सञ्चारगृहका कार्यालयमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए । उनले भने, ‘पत्रकारको मुख बन्द गर्ने सञ्चारगृहहरुको मुख कसरी बन्द गर्नु पर्छ ? त्यो हामीलाई पनि थाहा छ ।’ नेपाली पत्रकारहरुलाई समस्यामा पार्नेहरुलाई अन्तर्राष्ट्रिय रुपमा कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने विषयमा महासंघले पहल गरिसकेको पनि उनले बताए । पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहहरुलाई विज्ञापन नदिन विज्ञापनदातालाई समेत महासचिव बिष्टले अपिल गरे ।

    ‘पत्रकारहरुलाई बेरोजगार बनाउने सञ्चारगृहरुलाई अनुदान दिएका अन्तर्राष्ट्रय संस्थाहरुलाई अनुदान रोक्न आग्रह गछौ,’ महासचिब विष्टले भने, ‘पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहविरुद्ध संयुक्तराष्ट्र संघ, आइएलओ तथा अन्तराष्ट्रिय पत्रकार महासंघसम्म पुग्छौ । हामीले त्यसका लागि जानकारी पत्र समेत पठाइसकेका छौँ ।’ संकटको बेला सरकारले पत्रकारिता क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउदै उनले भने, ‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ अग्रसर रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देलले संकटकोे बेला सञ्चारगृहहरुले पत्रकारहरुमाथि अमानवीय व्यवहार गरेको बताउदै जागिरबाट हटाइएका पत्रकारहरुलाई तत्काल पुनर्वहाली गर्न चेतावनी दिए । ‘संकटमा परेका पत्रकारहरुलाई सरकारले राहत दिनु पर्नेमा उल्टै पत्रकारहरुले दुःख पाएकोमा खुचिङ गरेर बसेको छ,’ सिग्देलले भने, ‘सरकार मिडिया विरोधी देखिएको छ ।’ जागिरबाट निकालिएका र तलब नपाएका पत्रकाहरुको समस्या सम्बोधन गर्न नेपाल प्रेस युनियनले सुरुदेखि नै सम्बिन्धत क्षेत्रको ध्यानाकर्षण गराएको बताउदै भने, ‘यसकोलागि सुरु गरिएको आन्दोलनमा हाम्रो पूर्ण सहयोग रहन्छ ।

    कार्यक्रममा नेपाल प्रेस युयिनका महासचिव अजयबाबु शिवाकोटीले कोरना महामारीको बेला देशभर ३ हजारभन्दा बढी पत्रकारहरु बेरोजगार भएको बताए ।  उनले भने, ‘सञ्चारगृहबाट निकालिएका पत्रकारहरुमा ८० प्रतिशतभन्दा बढी पत्रकाहरु लोकतान्त्रिक विचारधाराका छन ।’ जागिरबाट निकालिएका पत्रकाहरुलाई राहत दिन नेपाली कांग्रेसले एउटा कोष खडा गर्नुपर्ने उनको सुझाव छ ।

    ’ सिटिजन्स बैंकका प्रतिनिधि अमित झाले संकटको बेला सामाजिक उत्तरदायित्व ठानेर आफ्नो बैंकले कोरोना कहरमा सहयोग गरिरहेको बताए । सामाजिक उत्तरदायित्व कोषबाट बैंकले हालसम्म देशभर ६१÷६२ लाख रुपैयाँ खर्च गरेको उनले चर्चा गरे ।

    ‘अहिलेसम्म हामीले प्रत्येक प्रदेशमा ७÷७ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छौ’,  झाले भने, ‘यो सहयोग अझै जारी रहन्छ ।’ संकटको बेला पनि समाचार संकलन गरेर पत्रकारहरुले समाजलाई आफनो जिम्मेवरी निर्वाह गरेको उनले चर्चा गरे ।

    पत्रकारहरुलाई उपलब्ध गराइएको स्वास्थ्य  सामग्रीमा आईएमएस गु्रप, सिटिजन्स बैंक इन्टरनेशनल तथा अल सर्जिकल सोलुसन प्रालिले सहयोग गरेको थियो । सहयोग सामग्रीमा  प्रेस ज्याकेट, के एन ९५ माक्स, सर्जिकल माक्स, रिचार्ज कार्ड, सेनिटाइजर उपलब्ध गराइएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij