Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थापा आइजीपी नियुक्त


  • मंगलबार, असार २३ २०७७

  • थापा आइजीपी नियुक्त

    काठमाडौ – सरकारले नेपाल प्रहरीको आइजीपीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । आजको मन्त्रीपरिषद बैठकले थापालाई नियुक्त गरेको हो । नेपाल प्रहरी वरिष्ठताको पहिलो नम्बरमा रहेका क्षेत्रीले अव नेपाल प्रहरीको संगठन हाक्ने छन । आइजीपी ठाकुर ज्ञवालीले अवकाश पाए पछि क्षेत्री नियुक्त भएका हुन ।

    भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन्। २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी ९ वर्षपछि २०५८ वैशाख १८ गते डीएसपीमा बढुवा भए।
    सेवा प्रवेश गर्दा पहिलो नम्बरमा रहेका थापा आठ वर्षपछि २०६६ पुस २० गते एसपीमा बढुवा हुँदा भने तेस्रो नम्बरमा थिए।
    २०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा थापा पुनः पहिलो नम्बरमा परे। २०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैटौँ नम्बरमा थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij