Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ७४० जनामा संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो


  • शुक्रबार, असार १९ २०७७

  • थप ७४० जनामा संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

    काठमाडौं – शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ । विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

    विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij