Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा १४ सहित थप ३१६ जनामा कोरोना संक्रमण


  • मंगलबार, असार १६ २०७७

  • उपत्यकामा १४ सहित थप ३१६ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड –१९ ) संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकाकामात्रै १४ जना रहेका छन् । संक्रमितमा काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।

    मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij