काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागी प्रभावकारी ढंगबाट काम गरिरहेको दावी गरेका छन । राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्रीले नेपालीहरूको रोग प्रतिरोध क्षमता बलियो भएको भन्दै वैदिक काल देखिको प्रचलन र खानपान व्याख्या गरे । क्वाटेरीनको व्यवस्थापन सरकारको क्षमता अनुसार राम्रो संग प्रबन्ध गरिएको बताए । प्रधानमन्त्रीले सरकारले राम्रो काम गरेको दावी गर्दै सडक वालवालिका र मगन्ते मुक्त गरिएको बताए ।
अत्यन्त लामो भाषण दिएका प्रधानमन्त्रीले कोरोना लागेमा हाच्छुयु गर्ने, तातो पानी खाने र उडाइदिन सुझाव दिए । सबैकुरामा राजनीतिकरण गरेर सरकारको विरोध भइरहेको गुनासो प्रधानमश्रीको छ ।
आफुले गरिवी र अभावलाई नजिकबाट देखेकोले सबैको पीडा महशुस गरेको प्रधानमनीले बनाए ।
एसीसीका वारेमा ओलीले लहलहैमा विरोध भएको बताए । कागले कान लग्यो भन्दैमा कान नछामी दैडन नहुने प्रधानमन्त्रीले बताए । विरोध गर्नेले एमसीसी सम्झौता नपढेको बताए । महाकाली सन्धीको समेत प्रधानमन्ती ले बचाउ गरे । केहि मानिसलाई देश विकास हुने भन्ने भन्ने चिन्ता लागेको ओलीले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
