काठमाडौं – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित भएको छ ।
बिहिबार बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोश्रो विधेयक दुई तिहाई बहुमतले पास गरेको हो ।
राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकोले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे ।
यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो । अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।
विधेयक पारित हुनुअघि कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दोश्रो संशोधन पास गर्न प्रस्ताव पेश गरेकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
