काठमाडौ – लिम्पियाधुरा सहितको भूभाग नेपालको नक्सा निशान छापमा अंकित गर्न संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । भारतले एकतर्फी ढंगवाट लिम्पियाधुरा, कालापानि र लिपुलेक सहितको भूभाग समेटेर नक्सा जारी गरी मानसरोवर जाने बाटो निर्माण गरे पछि नेपालले पनि उक्त भूभाग आफ्नो भएकाले नक्सा जारी गरेको थियो ।
शंसोधनको पक्षमा संसदमा राष्ट्रिय एकता प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले राष्ट्रियताका विषयमा सत्तापक्ष संगै उभिएर प्रस्तावको पक्षमा मत दिएको छ । मधेश केन्द्रीत दल र अन्य दलले पनि प्रस्तावको पक्षमा मतदान गरेका छन ।
अव अतिक्रमित भूभाग फिर्ता ल्याउन कुटनितिक पहल गरिने भएको छ । आज संसदबाट भएको निर्णयलाई ऐतिहासिक भएको प्रतिक्रिया दलहरुले दिएका छन ।
समाजवादी दलकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुखले खारेज गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
