काठमाडौ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले संचार क्षेत्र र अधिकारकर्मीहरुसंग गरेको व्यवहारले देशमा लोकतन्त्र छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन । नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगले गरेको भरच्योल अन्तर्क्रियामा अध्यक्ष शर्माले सरकारले संचारकर्मी र अधिकारकर्मीहरुलाई कस्ने प्रवृत्ति देखाएको बताए ।
उनले कोभिड – १९ को महामारीमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका सम्मान हुनुपर्नेमा जोड दिए । सरकारलाई अरुको कुरा पनि सुन्न सल्लाह दिदै अध्यक्ष शर्माले कोरोना नियन्त्रणकालागी लकडाउन वाहेक अरु योजना ल्याउन आग्रह गरे । आयोगका सिफारिस सरकारी संयन्त्रले वेवास्ता गर्ने गरेको उनको गुनासो छ ।
सरकारले आयोगलाई नियन्त्रणमा राख्न खोजेको बताउँदै संसारलाई देखाउन मात्रै आयोग गठन गरिएको जस्तो नगर्न आग्रह गरे । करिव तीन महिना पछि आयोगका पदाधिकारीहरुको पदावधि समाप्त हुने र त्यस पछि आयोग थप कमजोर बनाइने चिन्ता अध्यक्ष शर्माले व्यक्त गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
