काठमाडौं – युवा पत्रकार अजयबाबु सिवाकोटी र वरिष्ठ पत्रकार निर्मला आचार्यलाई यस वर्षको लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । तेज तिर्थ ट्रष्टलेले हाम्रा कुरा डटकमका प्रधानसम्पादक र नेपाल प्रेस युनियनका महासचिव समेत रहेका सिवाकोटी र राष्ट्रिय समाचार समितिको पूर्व महाप्रवन्धक आचार्यलाई यो पुरस्कार दिने निर्णय गरेको हो । एक लाख राशीको उक्त पुरस्कार संयुक्त रूपमा प्रदान गरिन लागेको हो ।
ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार भने प्रजातन्त्र सेनानी शिव कंगाललाई दिने निर्णय गरेको छ ।त्यसैगरी जनही पचास हजार पुरस्कार राशी र र प्रमाण पत्र रहेको जुजुभाई नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छनोट समितिका संयोजक, सांसद एवं पूर्व मन्त्री भिमसेनदास प्रधानले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
