Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृष्ण सेनका हत्यारालाई कारवाही नभएकोमा पत्रकार अगुवाको आक्रोश


  • मंगलबार, जेष्ठ १३ २०७७

  • कृष्ण सेनका हत्यारालाई कारवाही नभएकोमा पत्रकार अगुवाको आक्रोश

    काठमाडौ – आज भन्दा १८ वर्ष अघि हत्या गरिएका पत्रकार कृष्णसेन इच्छुकको सम्झनामा आज संचारग्राममा कार्यक्रम गरी स्मरण गरियो । तत्कालीन जनादेश साप्ताहिकका सम्पादक सेनलाई सुरक्षाकर्मीले हिरासतमै हत्या गरेका थिए । लेखक तथा साहित्यकार समेत रहेका इच्छुकको हत्यामा संलग्नहरु माथी अहिले सम्म कारवाही नभएको भन्दै पत्रकारहरुले आक्रोश पोखे ।

    पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हत्याराको पहिचान भइसक्दा पनि कारवाही नभएको दुःख प्रकट गरे । प्रेस काउन्सील नेपालका अध्यक्ष किशोर श्रेष्ठले हत्यारालाई कारवाहि हुने आशै मर्न थालेको बताए ।

    महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले कृष्ण सेनका हत्यारालाई कारवाहि माग गरे । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले सेनका हत्यारालाई कारवाही गर्न गृहमन्त्रीलाई आग्रह गरे । प्रेस संगठनका पूर्व महासचिव विष्णु सापकोटा ‘जुगल ले धेरै सरकार फेरिए पनि सेनका हत्यारालाई कारवाही नभएको गुनासो गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij