Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राख्न महासंघको अपिल


  • आइतबार, जेष्ठ ४ २०७७

  • स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राख्न महासंघको अपिल

    काठमाडौ – कोरोना संक्रमित वढेसंगै अग्रभागमा रहेर समाचार संकलन गरिरहेका पत्रकारहरुलाई थप सावधानी अपनाउन पत्रकार महासंघले संचारकर्मीहललाई आग्रह गरेको छ । महासंघले आज विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । महासंघ प्रेस सवारी र ज्याकेट दुरुपयोग भएको भन्दै सचेत गराएको छ । महासंघले जारी गरेको विज्ञप्ती यस्तो छ :

    मिति : २०७७।०२।०४

    प्रेस विज्ञप्ति

    विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि क्रमशः बढ्दै गएको सन्दर्भमा अग्र भागमा रहेर समाचार संकलन गर्नुपर्ने सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेको दुखद् यथार्थ हाम्रो सामु छ । चारै जना पत्रकारहरु अहिले स्वास्थ्य उपचार गराइरहनु भएको छ । साथै, कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको छ । अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको छ ।

    महासंघ आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न पुनः अपिल गर्दछ ।

    अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न महासंघ सबै सञ्चारकर्मीमा आग्रह गर्दछ ।

    पछिल्लो समय प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्म बाहेक अन्य प्रयोजनका लागि प्रयोग नगर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ ।

    लकडाउन पछि प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चारमाध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न महासंघ आग्रह गर्दछ । यूटुव र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादा भित्र रहेर गतिविधि गरी आमसञ्चारकर्मीहरुको काममा सहयोग पु¥याउन महासंघ आग्रह गर्दछ । महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गरिरहेको छ । साथै, यस्ता दुरुपयोग रोक्न सम्बन्धित निकायले समेत अग्रसरता लिन महासंघ आग्रह गर्दछ ।

    रमेश विष्ट
    महासचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij