काठमाडौं । नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली १२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
