Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थपिए दुई नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या ५१ पुग्यो


  • आइतबार, बैशाख १४ २०७७

  • थपिए दुई नयाँ संक्रमित,   कोरोना संक्रमितको संख्या ५१ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९)  संक्रमितको संख्या ५१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

    उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।

    उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

    हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij