Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारको स्वास्थ्य परिक्षणको व्यवस्था गर : महासंघ


  • बिहिबार, बैशाख ११ २०७७

  • पत्रकारको स्वास्थ्य परिक्षणको व्यवस्था गर : महासंघ

    काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई वेतलवी विदा नदिन र पारिश्रमिक उपलब्ध गराउन संचार प्रतिष्ठानसंग माग गरेको छ । आज वसेको केन्द्रीय समितिको बैठकले कतिपय ठूला संचार गृहहरूले पत्रकारलाई बलपूर्वक विदामा पठाउने र पारिश्रमिक समेत नदिएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैठक पछि जारी विज्ञप्ती यस्तो छ :

    विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसुचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको ¥यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।

    कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक सहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गर्दछ ।

    श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

    महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

    कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न महासंघ आव्हान गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij