काठमाडौं– त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए । “एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए । हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन । त्यसैले परीक्षा स्थगित गर्नका लागि बैठक बस्दैछ” उनले भने ।
उनले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक डाकिएको बताए ।
कोरोना भाइरसको माहामारी बढ्दै गएपछि विश्वविद्यालयले परीक्षा तालिका स्थगित गरेका छन् । सरकारले सजगता अपनाउन भन्दै परीक्षा नगर्न निर्देशन दिएपछि विश्वविद्यालयले परीक्षा तालिका स्थगित गरेका हुन् ।
आज बिहानै एक सूचना जारि गर्दै पोखरा विश्वविद्यालयले अर्को सूचना नआउदासम्मको लागि परीक्षा स्थगित गरेको छ । त्यस्तै पुर्वाञ्चल विश्वविद्यालयले पनि आफ्ना सम्पूर्ण परीक्षाका कार्यक्रम रद्द गरेको जनाएको छ । त्यसै गरि त्रिभुवन त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थानले पनि सम्पूर्ण परीक्षा कार्यक्रम आजै देखि लागु हुने गरि स्थगित गरेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
