एजेन्सी– विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई महामारीको घोषणा गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसको महामरीको केन्द्रविन्दु यतिबेला युरोप बनिरहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म विश्वभरका १५७ देश यस महामारीबाट प्रभावित बनेका छन् । यसबाट संक्रमितको सङ्ख्या १ लाख ६९ हजार ५९१ जना संक्रमित भएका छन् । विश्वभरबाट ६ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् भने ७७ हजार ७७५ जना स्वस्थ बनेर घर फर्किसकेका छन् ।
विश्वभर यसको प्रभाव फैलिँदै गर्दा विभिन्न देशहरुले यसको संक्रमण थप फैलन नदिन ‘लकडाउन’ गरिरहेका छन् । धेरै राष्ट्रहरुले आफ्नो सीमानाकामा कडाइ गर्नुका साथै मानिसहरुको आवतजावतमा नियन्त्रण गरिरहेका छन् । सरकारले आफ्ना नागरिकहरुलाई धेरै भीडभाड हुने स्थानमा नजान आग्रह गरेका छन् । जसले गर्दा पहिले भीडभाड हुने व्यापारिक र पर्यटकीय केन्द्रहरु यतिबेला सुनसान देखिएका छन् । विश्वका केहि चर्चित शहरको हालको अवस्थालाई फोटो फिचरमा समेटेका छौं ।

चीनको वुहान

बुडापेस्ट, हङ्गेरी

लण्डन, बेलायत

क्यालिफोर्निया, अमेरिका

ब्रसेल्स, बेल्जियम

बार्सिलोना, स्पेन

भेनिस, इटाली

बैंकक, थाइल्याण्ड

केरला, भारत

न्युयोर्क, अमेरिका

पटाया, थाइल्याण्ड

प्राग, चेक रिपब्लिक

मक्का, साउदी अरब

नजाफ, इराक

मिलान, इटाली

हानोइ, भियतनाम

ट्रोन्डेइम, नर्वे

मोचेनग्लाडब्याच, जर्मनी

रोम, इटाली

रियाद, साउदी अरब

दाइगु, दक्षिण कोरिया
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
