Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वव्यापी बन्ला त नमस्कार ?


  • शुक्रबार, फाल्गुन ३० २०७६

  • विश्वव्यापी बन्ला त नमस्कार ?

     

    हिन्दु र पूर्विय सभ्यता बैज्ञानिक र व्यवहारिक

    काठमाडौं– नेपाल, भारत, भुटान, थाइल्याण्ड, श्रीलंका जस्ता मुलुकमा प्रचलनमा रहेको नमस्कारद्धारा अभिवादन विश्वका अन्य मुलुकमा पनि विस्तार हुने देखिएको छ । विशेष गरेर हिन्दु र पूर्विय सभ्यताबाट प्रचलनमा आएको नमस्कारद्धारा अभिवादन गर्ने प्रचलन पश्चिमा देशहरुमा पाइदैन । कोरोना भाइरस (कोभिन–१९) को प्रकोप पछि नमस्कारद्धारा अभिवादन गर्ने प्रचलन प्रश्चिमा देशमा पनि देखा पर्न थालेको छ ।


    पश्चिमाहरुले हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गरेर अभिवादन गर्ने गर्दछन् । तर कोरोनाको त्रास पछि विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरसंग नमस्कारद्धारा अभिवादन आदान प्रदान गरेका छन् । उनले मात्र होइन पश्चिमा राष्ट्रका धेरै नेताहरुले नमस्कार गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
    चिनियाँ, जापानी र कोरिया जस्ता देशहरुमा शिर झुकाएर अभिवादन गर्ने प्रचलन पनि छ । एकले अर्काको शरिरमा नछोइकन अभिवाद र श्रद्धा प्रकट गर्ने हिन्दु र पूर्विय सभ्यता बढि बैज्ञानिक र व्यवहारिक देखिदै गएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij