काठमाडौं – कुवेत र माल्टामा रोजगारीको लागि पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ ।
श्रेष्ठले ६० जनासगं साढे ४ करोड ठगेका हुन । प्रहरीले ३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर उक्त रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेका प्रहरीले जनाएको छ ।
शुक्रबार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
