Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा


  • मंगलबार, फाल्गुन २० २०७६

  • अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

    काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले सञ्चारमन्त्रीको समेत भूमिका निभाएका थिए ।
    राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
    तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।

    सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij