Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घुस लिइरहेको अवस्थामा वडासचिव पक्राउ


  • शुक्रबार, फाल्गुन १६ २०७६

  • घुस लिइरहेको अवस्थामा वडासचिव पक्राउ

    धनुषा – जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।

    वडासचिव ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दुए । घुससहित पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij